तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु 

वीरगञ्ज  । बारामा खेत जोत्ने क्रममा आज साँझ ६ बजे ट्याक्टर अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको छ । 

बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ७ बन्जरीमा खेत जोत्ने क्रममा ना ७ त ४३८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा ट्याक्टरका चालक बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोका निवासी २८ वर्षीय तेज नारायण साहको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका साहको उपचारका लागि प्रादेशिक अस्पताल कलैया बारामा लैजाने क्रममा बिच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

मृतकको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको छ । 

तीन बर्षिया बालिकाको डुबेर मृत्यु
बाराको जितपुरमा आज अपराह्न तीन बर्षिया बालिकाको डुबेर मृत्यु भएको छ । 

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ निवासी अलि हुसेन अन्सारीको ३ बर्षिया छोरी फूलतारा खातुनको आफ्नै दिदी जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ पहाडी टोल निवासी जबैदा खातुनको घरमा आएको बेला खेल्ने क्रममा आज अपराह्न ३ बजे सिर्सीया नदीमा अचानक डुब्दा गम्भीर घाइते भएको र उपचारको लागि सिमरा अस्पताल लैजाने क्रममा बिच बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय  जितपुर बाराका प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाले जानकारी दिनुभयो । 

घटनाका बारेमा थप अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button