तपाईँ सुन्दै हुनुहुन्छः

ग्रिनेड विष्फोटन हुँदा एक नेपाली सेनाको मृत्यु, एक घाइते

धनगढी । कैलालीमा फायरिङ्ग अभ्यासका क्रममा ग्रिनेड विष्फोटन हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।  

फायरिङ्ग  अभ्यासका क्रममा ग्रिनेड बिष्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल बिक्रम बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी योगेन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो । 

गम्भीर घाइते बिष्टको लम्की स्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनु भयो ।

उक्त घटनामा परि सहसेनानी हिमराज जोशी घाइते भएका छन् । जोशीलाई ग्रिनेडको छर्रा लागेको बताइएको छ । जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । 

हुद्दा बिष्ट कैलालीको लम्किचुहा नगरपालिका ३ स्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ्ग अभ्यासमा खटिएका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button