तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षाका कारण मेचीराजमार्ग अवरुद्ध, यात्रु प्रभावित

इलाम । अविरल वर्षाका कारण मेचीराजमार्गअन्तर्गत राजदुवाली सडक खण्डमा ग्याबिन संरचना भत्किएको र बेलासे क्षेत्रमा बनाइएको डाइभर्सन बग्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यस्तै, पुवाखोला क्षेत्रमा पनि पहिरो खस्दा सो सडक खण्ड थप अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्ला पाँचथर र ताप्लेजुङतर्फ जाने तथा आउने सवारी आवागमन ठप्प भएको छ । यसले यात्रुहरूलाई समस्या भएको छ ।

सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार मेचीराजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ । अवरुद्ध सडक खुलाउने कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button