नितनपुर चोकमा बस दुर्घटना, १८ यात्रु घाइते २ को अवस्था गम्भीर
वीरगंज । त्रिभुवन राजपथको वीरगंज पथलैया सडक खण्ड अन्तर्गत बारा जिल्लाको नितनपुर चोकमा आज दिउँसो यात्रु बाहक बस अनियन्त्रित भई पल्टिदा १८ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
वीरगंजबाट सप्तरीका लागी छुटेको ना ७ ख २३५ नम्बरको यात्रु बाहक बस ओभरटेक गर्ने क्रममा अचानक आफै अनियन्त्रित भई सडकमा पल्टिदा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय जितपुर बाराका प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाले जानकारी दिनुभयो ।
बस पल्टिना साथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घाइते भएका १८ जना यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागी वीरगंज स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, तराई अस्पताल वीरगंज र सिमरा अस्पतालमा पुर्याएको थियो ।
घाइते मध्ये ७ जनाको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा र २ जना गम्भीर घाइतेको तराई अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
अन्य ९ जना घाइतेको अवस्था सामान्य रहेको र सिमरा अस्पतालमा उपचार पछि उनीहरू डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
घटना लगतै चालक फरार रहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्