पोखरीमा नुहाउने क्रममा बारामा डुबेर दुई बालिकाको मृत्यु
बीरगंज । गर्मी छल्न पोखरीमा नुहाउने क्रममा बारामा २ बालिकाको डुबेर मृत्यु भएको छ ।
बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर ६ निवासी विजय मण्डलकी ६ बर्षिया छोरी सृजना कुमारी मण्डल र स्थानीय सञ्जय मण्डलकी ५ बर्षिया छोरी अञ्जली कुमारी मण्डलको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घर नजिकै पोखरीमा नुहाउने क्रममा शनिबार अपराह्न बालिकाहरू डुबेको र तत्काल अभिभावकले उद्धार गरी बेहोस अवस्थामा रहेका बालिकाहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएकोमा अस्पतालले बालिकाहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृतकहरूको शव पोष्टमार्टमपछि गएराति आफन्तलाई जिम्मा लगाइएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्