तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा पद तथा गोपनीयताको शपथ 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई आज मङ्गलवार पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।  

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्च तहका सरकारी अधिकारीहरूको उपस्थिति थियो । 

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मङ्गलवार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button