बैतडीमा ७० वर्षीय पुरुष ८ दिनदेखि बेपत्ता
बैतडी । बैतडीको मेलौली नगरपालिका–३ कुजागाडका ७० वर्षीय गगन चन्द आठ दिनदेखि बेपत्ता हुनुभएको छ ।
आफन्तका अनुसार चन्द वैशाख २० गते घरबाट मेलौली–४ मा पर्ने धुनी मेला हेर्न जानुभएकाे थियाे। त्यसपछि उहाँ घर नफर्किएको आफन्त करन चन्दले जानकारी दिनुभयो।
दैनिक खोजी कार्य जारी रहे पनि हालसम्म उहाँ फेला पर्नुभएकाे छैन।
परिवारका अनुसार बेपत्ता चन्द कालो वर्णका हुनुहुन्छ। उहाँले त्यतिबेला जिन्सको निलो पाइन्ट र सेतो कमिज लगाउनुभएकाे थियाे।
मेला गएर फर्किएको अनुमान गरिए पनि अझै उहाँको अवस्था अज्ञात रहेको आफन्तले बताउनुभएकाे छ। परिवारले खोजी कार्यमा सहयोग गरिदिन सबैलाई अनुरोध गरेका छन्।







प्रतिक्रिया राख्नुहोस्