अध्यक्ष ओलीलाई समबेदना प्रकट गर्न राष्ट्रपति र उपराष्ट्रपति गुण्डुमा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर उहाँ तथा शोकाकूल परिवारका अन्य सदस्यहरुमा समवेदना व्यक्त गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो ।










प्रतिक्रिया राख्नुहोस्