तपाईँ सुन्दै हुनुहुन्छः

धरानमा रहेका भारतीय मजदुरलाई भारत पठाईयो

सुनसरी । सुनसरीको धरानमा कामका सिलसिलामा रहेका भारतीय नागरिकहरुलाई भारत पठाईएको छ । भारतबाट रोजगारका लागि धरान आएका सिलाई मजदुरहरूलाई भारत पठाइएको हो ।

धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीको पहलमा धरानमा कार्यरत ३९ जना मजदुरहरूलाई भारत बिहार राज्यस्थित भागलपुर जिल्लाका नागरिकलाई पठाइएको हो । उनीहरूलाई जोगबनी नाका हुँदै भारत प्रवेश गराइने कार्यक्रम रहेको धरान मुस्लिम समाजका संयोजक फिरोज अलीले जानकारी दिनुभयो ।

भारत पठाउनका लागि इलाका प्रहरी कार्यालय धरानसँग परामर्श गरिएको उहाँले बताउनुभयो । पहिलो चरणमा ३९ जनालाई पठाइएको छ । लकडाउनका कारण तीन महिनादेखि कामविहीन बनेपछि उनीहरूलाई उपप्रमुख भण्डारीको पहलमा पठाइएको हो । उनीहरूलाई जोगबनीसम्म मुस्लिम समाजका गुलबहार र मोहम्मद सागिरले सहयोग गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button