सांसद महावीर पुन पोखरामा किताब बिक्री गर्दै
पोखरा । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले सोमबार पोखरामा आफ्नो जीवनीमा आधारित पुस्तक बिक्री गर्नु भएको छ ।

केन्द्र सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउने अभियान अन्तर्गत पुस्तक विक्री गरिएको उहाँले बताउनुभयो । पोखराको अमरसिंह चोक, पृथ्वी चोक लगायतका स्थानमा पुगेर उहाँले स्वयं पुस्तक बिक्री गर्नुका साथै हस्ताक्षर गरेर पाठकलाई पुस्तक हस्तान्तरण गर्नुभएको थियो । पुनसँग भेट्न र पुस्तक खरिद गर्न सर्वसाधारण, विद्यार्थी तथा युवाहरूको उल्लेख्य भीड लागेको थियो ।
पुनका आफन्तका अनुसार सोमबार पोखरामा मात्रै करिब ६ सय प्रति पुस्तक बिक्री भएको छ । विद्यार्थीहरूका लागि पुस्तकको मूल्य ५ सय रुपैयाँ तथा अन्यका लागि ७ सय रुपैयाँ तोकिएको छ ।







प्रतिक्रिया राख्नुहोस्