रुपन्देही-३ मा रास्वपाका लेखजंग ५० हजार मतान्तरले विजयी
बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापा भारी मतान्तरसहित विजयी हुनुभएकाे छ।
निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार थापाले ५८ हजार ८ सय १४ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा ५० हजार ३ सय ८९ मतान्तरले जित हासिल गर्नुभएकाे हाे । यस क्षेत्रमा कुल ३६ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्याे।
थापाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशिल गुरुङले ८ हजार ४ सय ३५ मत प्राप्त गर्नुभयाे। त्यसैगरी तेस्रो स्थानमा रहनुभएका नेकपा एमालेका बासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत ल्याउनुभयाे।
निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ४० हजार ३५ मतदाता रहेकोमा ९४ हजार २ सय ३२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्