तपाईँ सुन्दै हुनुहुन्छः

यस्तो छ चितवनको अहिलेसम्मको अपडेट

चितवन । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवनका विभिन्न निर्वाचन क्षेत्रको मत परिणाम आउने क्रम जारी रहेको छ ।

चितवन निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले १ हजार ७ सय ९१ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका दावा दोर्जे लामाले १ हजार ६ सय १७ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १ हजार ४ सय ४९ मत प्राप्त गर्नुभएको छ । 

चितवन क्षेत्र नम्बर २ मा १६ हजार २ सय ८३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ८ हजार १५ मत प्राप्त गरी अग्र स्थानमा हुनुहुन्छ । 

नेकपा एमालेका अस्मिन घिमिरेले २ हजार ५ सय ९० मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका मिना खरेलले २ हजार ५ सय ८१ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले १ हजार ७ सय ५६ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम ४ हजार ९ सय ४४ मतसहित अग्रस्थानमा हुनुहुन्छ । 

नेपाली कम्युनिष्ट पार्टीका रेणु दाहालले २ हजार ९ सय ६० मत प्राप्त गर्नुभएको छ । 

नेकपा एकालेका शङ्कर थपलियाले ८ सय ५२ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ५ सय ५६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको दिपक थापाले १ सउ ४८ मत प्राप्त गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button