तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको क्षेत्र नम्बर ३ मा रास्वपाको अग्रता 

वीरगञ्ज  । पर्सा क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार रामाकान्त चौरसीयाले अग्रता लिनुभएको छ । 

प्राप्त पछिल्लो मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार चौरसीयाले १ हजार ५१ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका सुरेन्द्र प्रसाद चौधरीले ७ सय ७१ र नेकपा एमालेका रुपेश पाण्डेले २ सय ३८ मत प्राप्त गर्नुभएको छ । 

पर्साको  निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने जगरनाथपुर गाउँपालिकाको वडा नम्बर ६ को मत परिणाम प्राप्त भएको हो । 

यसैबिच अहिले पर्साका चार वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि मतगणना जारी रहेको छ ।  

मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले क्षेत्र नम्बर १ र २ को मतगणना वीरगंज–१० आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा भइरहेको र क्षेत्र नम्बर ३ र ४ को मतगणना पोखरिया स्थित जिल्ला उचागंल माविमा जारी रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button