तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुर क्षेत्र नं. २ मा रास्वपा दोब्बर मतले अगाडि

भक्तपुर । भक्तपुरको क्षेत्र नं. २ मा राष्ट्रिय स्वन्तन्त्र पार्टी(रास्वपा)ले अग्रता फराकिलो बनाउँदै लगेको छ ।

रास्वपाका राजिव खत्रीले प्रारम्भिक मतगणनामा अग्रता कायम गर्दै एमालेका महेश बस्नेतलाई दोब्वर मतले पछि पार्नुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार, ५,५६२ मत गन्दा खत्रीले ३०६० मत पाउनुभएको छ । त्यस्तै बस्नेतले १५७३ मतका साथ दोश्रो स्थानमा हुनुहुन्छ ।

त्यसैगरी, नेपाली कांग्रेसका कविर राणाले ४८४ मत पाउनुभएको । नेपाल मजदुर किसान पार्टीका रमेश बैधले १६१ मत पाउनु भएको छ ।

राप्रपाका बिक्रम थापाले ७३ मत पाउनुभएको छ । त्यस्तै, नेकपाका राम प्रसाद सापकोटाले ६८ मत ल्याउनुभएको छ् भने उज्यालो नेपालका जितराम लामाले ५५ मत पाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button