बसको ठक्करबाट एककाे मृत्यु, एक जना घाइते
रूपन्देही I रूपन्देहीको देवदह नगरपालिकामा यात्रुवाहक बसको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा देवदह–७ निवासी २८ वर्षीय सुनिल पाण्डे रहनुभएको देवदह प्रहरी चौकीका इन्चार्ज भीमसेन विष्टले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लु.प्र.०१–००१ ख ०८१६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९२ प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ घोडाहा काँटा चोकमा ठक्कर दिएको हो । दुर्घटना राति करिब साढे १० बजे भएको बताइएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका पाण्डे र स्कुटरमा सवार देवदह–५ निवासी २८ वर्षीय कृष्ण पाइजालाई तत्काल उद्धार गरी अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा पाण्डेको निधन भएको प्रहरीले जनाएको छ ।
घाइते पाइजाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको र उहाँको अवस्था मध्यम रहेको जनाइएको छ । घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्