‘आइआरआइ’काे प्रतिनिधिमण्डलद्वारा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग निर्वाचन पर्यवेक्षणका लागि नेपालमा आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट (आइआरआई)को प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ।
निर्वाचन आयोगकाे कार्यालयमा भएको शिष्टाचार भेटमा आइआरआइ)का एडवार्ड स्टेवार्ट नेतृत्वको प्रतिनिधिमण्डलले नेपालमा विशेष अवस्थामा हुन लागेको निर्वाचन पर्यवेक्षण गर्न पाउनु आफूहरूका लागि विशेष अवसर भएको बताउँदै निर्वाचन पूर्व तयारीका विषयमा जिज्ञासा राखेका थिए ।
सो अवसरमा आयोगका तर्फबाट आयोगका सचिव कृष्ण बहादुर राउतले निर्वाचन पूर्व तयारीको वर्तमान अवस्था र आगामी कार्यक्रमबारे जानकारी गराउनुभयाे ।
आइआरआइकाे टोली निर्वाचन अवधिभर नेपालमा रहने छ।








प्रतिक्रिया राख्नुहोस्