विधिको शासन स्थापनाका निम्ति लागिपर्ने सभापति लामिछानेको अठोट
झापा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विधिको शासन स्थापनालाई प्रमुख विषयका रूपमा उठान गर्नुभएको छ ।

चन्द्रगढीमा आज आयोजित कोणसभामा सुशासन कायम नगरेसम्म राष्ट्रलाई समृद्धिको बाटो अग्रसर गराउन नसकिने भएकाले जनचाहनाअनुरूप राज्यसत्ता सञ्चालन गर्ने आफ्नो पार्टीको नीति रहेको स्पष्ट गर्नुभयो ।
जनतालाई सर्वोपरि मानेर उनीहरूका समस्या समाधान नै आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको सभापति लामिछानेले बताउनुभयो ।
संसदीय अभ्यासलाई जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिँदै उहाँले जनचाहनाअनुरूप काम गर्न नसक्ने नेतृत्वलाई जनताले मतका माध्यमबाट निर्णय गर्ने बताउनुभयो ।रासस







प्रतिक्रिया राख्नुहोस्