बन्दा बन्दीमा विकास निर्माण तीव्र

सल्यान । सल्यानमा बन्दा बन्दीसँगै रोकिएका विकास निर्माणका कामलाई पुनः सुरु गरिएको छ ।
कर्णाली प्रदेश सरकार र स्थानीय तहले सडक निर्माण, पुल, भवन र साना तथा मझौला योजनाको काम सञ्चालन गरिरहेका छन् ।
कर्णाली प्रदेश सरकारका तर्फबाट १० करोड बराबरको लागतमा तीन वटा पक्की मोटेरेबल पुल निर्माणको काम निर्माण भइरहेको छ ।
थारमारे फारुलाचौर सडक खण्डको दार्माखोलामा पक्की पुल, थारमारे चौरजहारी सडक खण्डको जिमाली खोलामा पक्की पुल, शारदा नगरपालिका वरला माल्नेटा सडक खण्डको शारदा खोलामा पक्की पुल निर्माण सुचारु गरिएको छ ।
यस्तै विभिन्न २२ करोड बराबरको लागतमा सम्पन्न हुने तीन वटा सडक थारमारे चौरजहारी सडक , लेख पोखरा , लान्ती, काभ्रा सडक, कालीमाटी बालुवा हुँदै दमदवाली सडक स्तरउन्नतीको काम भइरहेको छन् ।
भौतिक पूर्वाधार विकास कार्यालय सल्यानका निमित्त प्रमुख इन्जिनियर विनोद पुनले एक महिनाभन्दा बढी काम रोक्नु पर्दा निर्धारित समयमा पुलको काम सम्पन्न नहुने भएपछि सुरु गरिएको बताउनुभयो ।
उहाँका अनुसार ठुला साना निर्माण कार्य सुरु भएर पनि बन्दाबन्दीले रोकिएका योजना पुन सुचारु गरिएको छ । केही योजना ठेक्का गर्न बाँकी रहेका छन् । कोरोना भाइरस सङ्क्रमणबाट बच्न अपनाउनु पर्ने सुरक्षाका उपायका अवलम्बन गरी काम सुरु गरिएको छ ।
प्रदेश सरकार मात्र होइन यहाँका स्थानीय तहले पनि विकास निर्माणर्का कामलाई निरन्तरता दिएका छन्
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले राष्ट्रिय गौरव, स्थानीय स्तरमा दीर्घकालीन महत्त्व राख्ने विद्यालय, स्वास्थ्य चौकी भवन, पक्की पुन निर्माणका लागि अनुमति दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्माण कम्पनी वा स्थानीय तहले स्थानीय रूपमै उपलब्ध भएको जनशक्ति प्रयोग गरी विकास निमार्णका काम अघि बढी रहेका छन् । त्यसका लागि बाहिर श्रमिक ल्याउन पाइने छैन ।’
विकास निर्माण कार्य गर्दा सामाजिक दुरी कायम गर्नु पर्ने, स्थानीय जनशक्ति स्रोत साधन र सुरक्षित रहने उपाय सरसफाइ, सेनेटाईजर, मास्क आदिको सर्त पालन गर्नु पर्ने छ, उहाँले भन्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्