तपाईँ सुन्दै हुनुहुन्छः

भारत सरकारद्वारा नेपाललाई सहयोग स्वरूप सवारीसाधान हस्तान्तरण

काठमाडौँ । भारत सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहयोग स्वरूप तेस्रो चरणमा २२३ वटा हस्तान्तरण गरेको छ । 

गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रतिकात्मक रूपमा ती सवारी साधन हस्तान्तरण गर्नुभयो ।

यसअघि भारतले पहिलो चरणमा ६१ वटा र दोस्रो चरणमा २५४ वटा सवारी साधन सहयोग स्वरूप उपलब्ध गराइसकेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्ले जानकारी दिनुभयो । 

भारत सरकारले नेपाली सेनाका लागि पनि थप  ५० वटा सवारीसाधान उपलब्ध गराएको छ । उक्त सवारी साधन राजदूत श्रीवास्तवले प्रधानसेनापति अशोकराज सिग्देललाई हस्तान्तरण गर्नुभयो ।

नेपाल प्रहरीलाई उपलब्ध गराउने कतिपय सामग्री  प्राप्त भएको छ भने कतिपय प्राप्त हुने क्रममा रहेको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button