तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संविधानको पूर्ण कार्यान्वयनका निम्ति राष्ट्रिय एकता अपरिहार्य भएको बताउनुभएको छ । 

मकर सङ्क्रान्तिका  अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले आपसी आत्मीयता, एकता र सामूहिकताले नै समाजलाई सुदृढ  बनाउने बताउनुभएको छ । पर्वहरूले अझ बढी मेहनत गर्न, एकजुट हुन र राष्ट्र निर्माणको महान् जिम्मेवारीलाई इमानदारीपूर्वक वहन गर्न प्रेरित गर्ने बताउँदै सन्देशमा संयोजक दाहालले  बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपाली समाजलाई चाडपर्वले जीवन्त बनाएका उल्लेख गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button