१०६ पटक रक्तदान गर्नुभएका पत्रकार जयसवाल सम्मानित
नेपालगञ्ज । १०६ पटक रक्तदान गर्नुभएका पत्रकार पवन जयसवाल सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ बाँके शाखाले आज जयसवाललाई सम्मान गरेको हो । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखा अध्यक्ष नवीन गिरी र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जका वरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले जयसवाललाई दोसल्ला, अबिर र माला लगाई सम्मान-पत्र प्रदान गर्नुभयो ।

नेपालगञ्ज-१९ निवासी जयसवालले बर्षौंदेखि रक्तदान जस्तो पवित्र कार्य गर्दै मानव सेवा र कल्याणका लागि खेल्दै आउनुभएको भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको महासङ्घ बाँकेले जनाएको छ । नेपाल पत्रकार महासङ्घ बाँके शाखाको आयोजना एवम् नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रमको अवसर पारेर जयसवाललाई सम्मान गरिएको हो । रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको नेपाल पत्रकार महासङ्घ बाँके शाखाका सचिव कृष्ण ओलीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्