महिलाहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
धनकुटा । मुक्तिनाथ विकास बैङ्क लिमिटेड धनकुटा शाखाले महिलाहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकले शनिबार र आइतबार दुई दिन कार्यक्रमको आयोजना गरी करिब ५० जना भन्दाबढी महिलाहरूलाई बैङ्किङ साक्षरता सम्बन्धी जानकारी गराएको हो ।
बैंकले जिल्लाका विभिन्न संस्थामा आवद्ध रहेका महिलाहरूका लागि वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा बैङ्किङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, डिजिटल बैङ्किङ प्रविधि र बैङ्किङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको मुक्तिनाथ विकास बैङ्क लिमिटेड धनकुटा शाखाका प्रमुख हरि दाहालले जानकारी दिनुभयो ।
यस्तै बैंकले बैङ्किङ साइबर क्राईम फोर्ड सम्बन्धि, कर्जा, बचत परिचालन, आर्थिक आत्मनिर्भरता र डिजिटल कारोबार सम्बन्धि जानकारी गराएको थियो । बैङ्किङ कारोबार सम्बन्धि विभिन्न जानकारीमूलक सूचना र कार्यक्रमबारे समेत जानकारी गराएको दाहालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्