एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको ११ औ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठक सुरु भएको छ ।
बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा एमालेको ११ औ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठक सुरु भएको हो ।
मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्न नेकपा (एमाले) केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७ र २८ गते बस्ने तय भएको छ ।
बैठकको प्रारम्भमा शपथ लिन बाँकी सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीबाट शपथ ग्रहण गर्नुभयो । बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, नेताहरूको जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।











प्रतिक्रिया राख्नुहोस्