तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशको रिक्त सभामुख पदको निर्वाचन पुस ६ गते 

जनकपुरधाम । मधेस प्रदेश सभाको सभामुखका लागि आगामी पुस ६ गते आइतबार निर्वाचन हुने भएको छ । बुधवार बसेको प्रदेश सभा बैठकमा उपसभामुख बबिता राउत ईशरले पुस ६ गते सभामुखको लागि निर्वाचन हुने प्रदेश सभामा जानकारी दिनु भएको हो । 

मधेस प्रदेश सभाको सभामुख पद रिक्त रहेकाले प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम ७ बमोजिम सभामुखका लागि निर्वाचन हुने उहाँले बैठकमा जानकारी दिनु भयो । 

निर्वाचनका लागि उहाँले प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालालाई पुस ५ गते प्रदेश सभाको सभामुख निर्वाचन सम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन पनि दिनु भयो । 

बुधवारको बैठकमा उपसभामुख बविता राउत ईशरले राष्ट्रपति कार्यालय, प्रदेश प्रमुखको कार्यालय तथा सर्वोच्च अदालतबाट आएको विभिन्न विषयका पत्र बैठकमा पढेर सुनाउनु भएको थियो । प्रदेशसभाको अर्को बैठक पुस ४ गते शुक्रवार साँझ ४ बजे बस्ने गरी स्थगित भएको बैठकका अध्यक्षता गरिरहनु भएका उपसभामुखले घोषणा गर्नुभयो । 

बुधवारको बैठक आधा घण्टासम्म मात्र चलेका थिए । बैठकमा सभामुख सँग अनुमति लिएर जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य ललिता विद्रोहीले आफूलाई सवारी दुर्घटनाको नाउँमा हत्या गर्न खोजेको भन्दै घटनाको निष्पक्ष छानबिनका लागि माग गर्नुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button