तपाईँ सुन्दै हुनुहुन्छः

बारा क्षेत्र नं ४ बाट कांग्रेस सभापति देउवाको नाम सिफारिस 

वीरगञ्ज । आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस बारा क्षेत्र नं ४ बाट समेत नेपाली कांग्रेसका सभापति एव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सिफारिस भएको छ । 

नेपाली कांग्रेस बाराले क्षेत्र नं ४ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकमा उम्मेदवारहरूको नाम सिफारिस गर्न शनिबार आयोजनामा गरेको बैठकमा नेपाली कांग्रेसका सभापति एव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सिफारिस भएको हो ।

सो क्षेत्रबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा उम्मेद्धारका लागी देउवा सँगै केन्द्रीय सदस्य एवं निवर्तमान सांसद फर्मुल्लाह मन्सुर जिल्ला सचिव मनोज भट्ट, परवेज अन्सारी, भोजराज भट्टराई, बजरङ्गी साह, जङ्गबहादुर चौरसिया, प्रकाश रिजाल, रविकरण साह र अम्बिका ठाकुर गरी १० जनाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति प्रभात चौरसियाले जानकारी दिनुभयो ।

निर्वाचन सम्पन्न हुन ८१ दिन बाँकी हुँदा बारामा समेत राजनीतिक दलहरू उम्मेदवार छनौटमा जुटेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button