तपाईँ सुन्दै हुनुहुन्छः

पिसिआर रिपोर्ट नआउँदासम्म कपिलवस्तु अस्पताल बन्द

कपिलवस्तु । पछिल्लो एक हप्ता यता कपिलवस्तुमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढ्दो छ ।

स्वास्थ्यकर्र्मी, सुरक्षाकर्मीसँगै सर्वसाधारणसम्म फैलिएको कोरोना जोखिम न्यूनिकरणका लागि जेष्ठ ५ गतेसम्म जिल्ला सिल गरिएको छ ।

यसैक्रममा सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना भाइरस देखिएपछि अस्पतालमा कार्यरत सबैमा कोरोनाको थ्रोट स्वाव टेष्ट ९पिसीआर) थालिएको छ ।

यसको रिपोर्ट नआउन्जेलसम्म अस्पतालको इमर्जेन्सी र अत्यावश्यकीय प्रसुति सेवा बाहेक सबै बन्द भएको अस्पतालले जनाएको छ ।

शुक्रबार विहान अस्पतालका निमित्त मेसु गशेण क्षेत्रीद्वारा निकालिएको विज्ञप्तिमा अस्पतालमा कार्यरत सबै कर्मचारीलाई आ–आफ्नो स्थानमा सुरक्षित तवरले बस्न भनिएको छ भने पछि अस्पताल प्रशासनले खटाउने उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button