तपाईँ सुन्दै हुनुहुन्छः

समानुपातिक निर्वाचन प्रणालीका लागि १ सय दलका ९३ निवेदन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत समानुपातिक निर्वाचन प्रणालीका लागि १ सय राजनीतिक दलहरूका ९३ वटा निवेदन प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

एकल चुनाव चिन्ह लिने ५ निवेदनमा १२ दलसहित १ सय दलको ९३ निवेदन प्राप्त भएको समानुपातिक निर्वाचन प्रणालीका सहायक निर्वाचन अधिकृत एवं सहसचिव यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन निवेदन दिएका दलहरूको भोली नामावली प्रकाशन गर्ने र नाम फिर्ता लिन चाहने दलहरूका लागि मङ्सिर २५ गतेको समय निर्धारण गरिएको सहसचिव भट्टराईले बताउनुभयो ।

निवेदन माथि आवश्यक छानविन गरी मङ्सिर २६ गते दलहरूको अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button