तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीको विशेष घुम्ती प्रशिक्षण कार्यक्रम रौतहटमा सुरु

रौतहट । पाँच दिनसम्म सञ्चालन हुने विशेष घुम्ती प्रशिक्षण कार्यक्रम आजदेखि रौतहटमा सुरु भएको छ । मङ्सिर २२ गतेदेखि २६ गतेसम्म चल्ने प्रशिक्षणमा प्रहरी वरिष्ठ हवलदार, प्रहरी सहायक हवलदार तथा प्रहरी जवान लक्षित समूहका सुरक्षाकर्मीहरूको सहभागिता रहेको छ ।

“बल प्रयोग सिद्धान्त तथा हातहतियारको प्रयोग विशेष” शीर्षकमा सञ्चालन भइरहेको यस तालिमको औपचारिक उद्घाटन रौतहटका प्रहरी उपरीक्षक (एसपी) तथा कार्यालय प्रमुख रबिन कार्कीले गर्नुभएको थियो ।

उद्घाटन सत्रमा बोल्दै एसपी कार्कीले प्रशिक्षणलाई अझ व्यवहारिक, जिम्मेवारीपूर्ण र प्रभावकारी बनाउने उद्देश्य रहेको बताउनुभयो । सुरक्षा व्यवस्थापनमा बल प्रयोगका सिद्धान्त, कानुनी दायरा, जोखिम व्यवस्थापन तथा हातहतियारको सुरक्षित प्रयोगबारे सुरक्षाकर्मीले स्पष्ट ज्ञान हासिल गर्नुपर्ने आवश्यकता उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button