सरकार र नेकपा एमालेबीच द्विपक्षीय छलफल

काठमाडौँ । सरकार र नेकपा एमालेबीच द्विपक्षीय छलफल भइरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार र नेकपा एमालेबीच द्विपक्षीय छलफल भएको हो ।

छलफलमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी हुनुहुन्छ। नेकपा एमालेका पक्षबाट महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सहभागी हुनुहुन्छ।
उहाँहरुबीच आशन्न प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्