तपाईँ सुन्दै हुनुहुन्छः

एमाले ११ औँ महाधिवेशन तयारी: सचिवालयको पहिलो बैठक च्यासलमा सुरु

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन तयारीका लागि गठन गरिएको सचिवालयको पहिलो बैठक आज बिहानदेखि पार्टी कार्यालय च्यासलमा सुरु भएको छ।

महाधिवेशनसँग सम्बन्धित १३ वटा विभिन्न उपसमितिका संयोजकहरू बैठकमा सहभागी छन्।

बिहान ८ बजेबाट सुरु भएको बैठकमा महाधिवेशन तयारीका कार्यसूची, जिम्मेवारी बाँडफाँड तथा आगामी दिनमा सम्पन्न गरिनुपर्ने व्यवस्थापकीय तथा राजनीतिक तयारीबारे आवश्यक निर्णयहरू गरिने एमालेले जनाएको छ।

पार्टीको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button