तपाईँ सुन्दै हुनुहुन्छः

बडीमालिका नगरस्तरीय छैटौँ राष्ट्रपती रनिङ शिल्ड सुरु

बाजुरा। बाजुराको बडिमालिका नगरपालिकाको छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

जुगाडाको सत्यवादी माध्यमिक विद्यालय, भौनेरामा आयोजित विशेष समारोहका बीच प्रतियोगिताको उद्घाटन गरिएको हो। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद” भन्ने मूल नाराका साथ प्रतियोगिता प्रारम्भ गरिएको नगरपालिकाले जनाएको छ।

उद्घाटन समारोहमा बडिमालिका–१ र २ का विद्यालयहरूले विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए। प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख अमर खड्काले खेलकुदलाई निरोगी समाज निर्माण तथा विद्यार्थीको क्षमता विकासको महत्त्वपूर्ण माध्यमका रूपमा चित्रण गर्दै खेलकुद संरचना विकासदेखि प्रतियोगिता व्यवस्थापनसम्म नगरपालिकाले व्यवस्थित योजनाबद्ध रूपमा अघि बढ्ने बताउनुभयो।

कार्यक्रममा बोल्नुहुँदै नगर उपप्रमुख नन्दा थापाले महिला तथा बालमैत्री खेलकुद वातावरण निर्माणमा पालिकाको प्राथमिकता रहने उल्लेख गर्दै खेलकुदलाई अनुशासन, नेतृत्व र आत्मविश्वास विकास गर्ने माध्यमका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतियोगितालाई व्यवस्थित, पारदर्शी र बढी प्रतिस्पर्धात्मक बनाउन सबै विद्यालयसँग समन्वय भइरहेको बडिमालिका नगरपालिकाले जनाएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button