प्रधानमन्त्री कार्कीले आह्वान गर्नुभएको सर्वदलीय बैठक शुरु

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वदलीय बैठक शुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुरु भएको सर्वदलीय बैठकमा सरकारको कामकारबाही र आगामी निर्वाचनको तयारीबारे भएको छलफल हुने बताइएको छ ।
सर्वदलीय छलफलमा निर्वाचन आयोगमा दर्ता भएका १२५ दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र नेकपा (एमाले) लगायत विभिन्न दलका नेताहरूको उपस्थिति रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्