थबाङ जोडियो केन्द्रीय विद्युत् प्रसारण लाइनसँग ६ सय घरमा एकै पटक बत्ती बल्यो
रोल्पा । पहिलोपटक रोल्पाको दुर्गम थबाङ गाउँपालिका केन्द्रीय विद्युत् प्रसारण लाइनसँग जोडिएको छ । लुम्बिनी प्रदेश सांसद दीपेन्द्रकुमार पुनले ३ वटा ट्रान्सफर्मरमा बटन थिची औपचारिक रूपमा थबाङ गोलचोक, मरानथाना र ठुलो गाउँमा विद्युत् आपूर्तिको शुभारम्भ गर्नुभयो भने एकै पटक ६ सय घरधुरीमा मिटरबक्स जडान गरी बत्ती बलेको छ ।
सांसद पुनका अनुसार थबाङमा विद्युत् विस्तार भएसँगै हालसम्म रोल्पा जिल्लाका करिब ३६ हजार घरधुरी ७५ प्रतिशतभन्दा बढी घरमा केन्द्रीय विद्युत् पुगेको छ २०६४ सालअघि रोल्पामा विद्युत् पहुँच १९ प्रतिशतमा सीमित थियो, अहिले भने अधिकांश गाउवस्तीमा विद्युत् विस्तार हुने क्रम जारी छ ।
नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख अशेश्वर शाहले लामो सङ्घर्षपछि थबाङमा बिजुली बाल्न सफल भएको बताउँदै विद्युत् पुग्नु, बत्ती बाल्नु मात्र होइन, यसले जनजीवन र आर्थिक विकासमा नयाँ ऊर्जा भर्नेछ ।
थबाङ गाउँपालिकाका बाँकी वडामा पनि यस वर्ष र आगामी वर्ष भित्र विद्युत् विस्तार गर्ने योजना रहेकोले थबाङमा बिजुली पुगेसँगै स्थानीयहरूमा उत्साह थपीएको छ गाउँलेहरूले पहिलोपटक केन्द्रीय बत्तीको उज्यालोमा दैनिक जीवन चलाउन सक्ने विश्वास छ ।








प्रतिक्रिया राख्नुहोस्