तपाईँ सुन्दै हुनुहुन्छः

‘संसद् पुनर्स्थापना गरी संविधान संशोधनमार्फत ताजा जनादेशमा जानुपर्छ’

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसद् पुनर्स्थापना गरी संविधान संशोधनमार्फत ताजा जनादेशमा जानुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान बचाउन संसद् पुनर्स्थापना गर्नुपर्ने बताउनुभयो ।

जेन-जी युवा पुस्ताको समेत माग सम्बोधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद् पुनर्स्थापना हुनुपर्ने पौडेलको भनाइ छ ।

उहाँले भाद्र २३ गते जेन-जी युवा पुस्ताको हत्याको घटनाको छानबिन गरी कारबाही हुनुपर्ने र भदौ २४ गते भएको आगजनी र विध्वंसको पनि छानविन गरि कारबाही हुनुपर्ने धारणा राख्नुभयो।

पौडेलले आगामी एमालेको महाधिवेशनले सर्वसम्मत रूपमा पार्टी नेतृत्व चयन गर्ने दाबी पनि गर्नुभएको छ ।

पौडेलले अहिलेको सरकारले निर्वाचन गर्ने कुनै तयारी नगरेको तर निर्वाचन निश्चित भए एमाले नभाग्ने जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button