तपाईँ सुन्दै हुनुहुन्छः

मेचीराजमार्गमा बिहीबार साँझ देखि सवारी सञ्चालनमा रोक

इलाम । मेची राजमार्गमा   बेलुका  सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।   इलाम जिल्लाभर मेची राजमार्गमा बिहीबार साँझ ७ बजे देखि शुक्रबार बिहान ६ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय इलामका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले बताउनुभएको छ ।

जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मोन्था चक्रवातका कारण वर्षा हुने र बाढीपहिरोको प्रकोप हुन सक्ने भनेपछि  मेची राजमार्गमा  रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाइएको छ ।

असोज १८ गतेको बाढीपहिरोपछि मेची राजमार्ग अन्तर्गत  माइखोला राजदुवाली खण्ड सहित विभिन्न सडक खण्डमा   जोखिम कायमै छ । बाढीपहिरोले कमजोर  भएको जमिनमा जोखिम  बढ्ने भएपछि स्थानीय प्रशासन , स्थानीय सरकार लगायत सरोकारवाला सबैले सजग रहन आग्रह गरी रहेका छन् । असोज १८ को बाढीपहिरोको कारण  इलाममा ३९ जनाको मृत्यु भएको थियो  । ४ सय ४९ परिवार विस्थापित भएका छन् । ३ सय ३८ घरमा पूर्ण र ८ सय २८ घरमा आंशिक क्षति भएको जिल्ला प्रशासनको तथ्याङ्कमा छ ।  इलामका धेरैजसो  स्थानमा बिहानैदेखि हल्का र मध्यम वर्षा भइरहेको छ । असोज १८ को बाढी पहिरोले निकै क्षति बेहोरेको इलाम बासी वर्षा सँगै चिन्तित भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button