कसैको दबाबमा गृहमन्त्री हटाउने हल्ला निराधार: प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ । प्रधानमन्त्रीको निजी सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउनेबारे विभिन्न सञ्चारमाध्यममा आएका समाचार असत्य र निराधार रहेको स्पष्ट पारेको छ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “कसैको दबाब वा प्रभावमा यस्ता निर्णय हुने कुरा सरासर गलत हो। मन्त्री नियुक्ति वा हटाउने विषय प्रधानमन्त्रीको विशेष अधिकार क्षेत्रभित्र पर्छ।”
विज्ञप्तिअनुसार हालको असामान्य परिस्थितिमा राष्ट्रिय हितलाई ध्यानमा राख्दै सरकार शान्ति, सुरक्षा र आगामी निर्वाचनका तयारीमा केन्द्रित छ।
प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक भएको भ्रम र अफवाहमा विश्वास नगर्न सबैलाई अनुरोध गरेको छ। साथै, यस्ता समाचार नफैलाउन सञ्चारकर्मी र आम जनतालाई समेत आग्रह गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्