पाल्पामा इभी दुर्घटना : तीन जनाको मृत्यु
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङमा लु प ०१—००१ज ००९१ नम्बरको इभी भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ई भी चालक रैनादेवी ४ का कमल रायमाझी, सोही वडा मेहालढापका राम बहादुर गाहा र सोही गाउँपालिका वडा नं१, छहरा-सिद्देश्वरका मुक्तबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र पंजियार थारुले जानकारी दिनुभयो ।
आज बिहान बुटवलबाट छहरा मेहालढापको लागी छुटेको गाडी दुर्घटनामा परेको स्थानीयले बताएका छन् । घटना साँढे १० बजेको सेरोफेरोमा भए पनि घटनाको जानकारी करिब साँढे १ बजे भएको स्थानीय ईश्वर ज्ञवालीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका दिएको जानकारी अनुसार इभी भ्यानमा चालकसहित ३ जना सवारी रहेका थिए ।
ईभी भ्यान सडक बाट ५ सय मिटर तल तल खसेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्