सुनको मूल्य घट्यो
काठमाडौँ। स्थानीय बजारमा सुन चाँदीको मूल्य घटेको छ।
आज सुनको मूल्य प्रतितोला रु दुई हजारले घटेर रु दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला रु ३५ ले घटेर रु दुई हजार ९८० रहेको छ । आइतबार नेपाली बजारमा सुन प्रतितोला रु दुई लाख ४१ हजार ९०० र चाँदी तीन हजार १५ मा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्