तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा मन्त्री पुनद्वारा विश्वविद्यालयहरूमा राजनीतिकरण हटाउनेबारे छलफल 

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्व विद्यालयहरूमा राजनीतिकरण हटाउनेबारे सम्बद्ध सरोकारवालासँग छलफल भइरहेको बताउनुभएको छ ।

मन्त्रालयमा आज पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री पुनले उच्च शिक्षामा हुने राजनीतिकरण हटाइ,समग्र शिक्षा क्षेत्रमा सुधार ल्याउन उचित कानुन बनाउनू आवश्यक रहेको बताउनुभयो । यस्तै मन्त्री पुनले विज्ञान प्रविधिको विकासमार्फत देशमा अर्थतन्त्र विकास र रोजगारीको सृजना गर्न सकिने भएकोले नवप्रवर्तनको विकासका लागि छुट्टै मन्त्रालयको खडा गर्नुपर्नेमा जोड दिनुभयो ।।

मन्त्री पुनले जेनजी आन्दोलनको क्रममा देशभरका प्रहरी कार्यालयहरू जल्दा त्यहाँ राखिएका धेरै उत्तरपुस्तिका जलेको बताउनुभयो । मन्त्री पुनले आन्दोलनमा उत्तरपुस्तिका जलेकाले फेरि परीक्षा गर्न १ करोड ७५ लाख खर्च हुने पनि जानकारी गराउनुभयो ।

यस्तै सरकारले स्वच्छ र भयरहित वातावरणमा चुनावको गर्न तयारी गरिरहेको र दलहरूसँग चरणबद्ध रुपमा छलफल गर्ने पनि मन्त्री पुनले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button