‘आगामी निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्छ’
मोरङ । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकारले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
पार्टीको कोशी प्रदेश समितिको आजदेखि विराटनगरमा सुरु भएको दुई दिने एकताको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष यादवले संविधानको संशोधन गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएमा मात्र मुलुकमा राजनीतिक स्थायित्व एवं विकास सम्भव हुने धारणा राख्नुभयो ।
अध्यक्ष यादवले विगतको दुई तिहाइ सरकारको कुशासनका कारण मुलुक गरिबीतर्फ गएकाले जेनजीको आन्दोलनले सरकार दुई दिनमा ढलेको स्मरण गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्