तपाईँ सुन्दै हुनुहुन्छः

तराई मधेशका जिल्लामा करवाचौथ पर्व मनाइँदै

महोत्तरी । तराई मधेशका जिल्लामा करवाचौथ पर्व मनाइँदैछ ।

विवाहित महिलाले आज दिनभरि निराहार उपवास बसेर राति चन्द्रमा उदाएपछि चन्द्रमाको पूजा अर्चना र दर्शनपछि पतिको पूजा अर्चना तथा दर्शन गरेर पतिकै हातबाट जल ग्रहण करवाचौथ पर्वलाई समापन गर्नेछन् ।

यसपर्वमा चन्द्रमा पूजा गरिने तथा चन्द्रमाकै रूपमा आआफ्ना पतिलाई पनि पूजा गर्ने र चन्द्रमासँग आफ्ना पतिको चन्द्रमा जस्तै दीर्घायुको कामना गर्ने गरिन्छ । 

यस पर्वमा विवाहित महिलाले राति रङ्गीचङ्गी नयाँ नयाँ वस्त्र, चुरा, पोते, विभिन्न गर गहना, सिउँदोमा सिन्दूरसहित विभिन्न शृङ्गार गरेर चन्द्रमा उदाएपछि घरमा भएका चाल्नामा दीप जलाएर दीपको उज्यालोसँगै चाल्नाको जालीबाट चन्द्रमा दर्शन गर्दछन् भने चन्द्रमाको दर्शन गरेपछि पुनःसोही चाल्नामा चन्द्रमाको ठाउँमा आ–आफ्ना पतिलाई उभ्याएर पतिको दर्शन गर्दछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button