तपाईँ सुन्दै हुनुहुन्छः

सिंहदरबार भित्रका जलेका सवारी साधन हटाइँदै

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा राखिएका सवारी साधन जलेपछि आजदेखि भारी उपकरण प्रयोग गरेर तिनलाई हटाउन प्रारम्भ भएको छ । 

आगजनीमा क्षतिग्रस्त एक हजार सवारी साधन सडक विभागका चार वटा भारी उपकरण प्रयोग गरेर ती हटाउन थालिएको विभागले जनाएको छ । हालसम्म २०० वटा चारपाङ्ग्रे र ४०० दुई पाङ्ग्रे सवारीसाधन व्यवस्थापन गरिएको  छ । 

जलेका सवारी साधनको व्यवस्थापन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा गरिएको छ । सिंहदरबारभित्र जलेका सवारीको व्यवस्थापन पूरा भएपछि अन्य स्थानका जलेका सवारी उठाइने विभागका कर्मचारी विष्णुकुमार महर्जनले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button