तपाईँ सुन्दै हुनुहुन्छः

मादक पदार्थ सेवन गरी क्वारेन्टाइनमा अभद्र व्यवहार गर्ने पक्राउ

बैतडी । मादक पदार्थ सेवन गरी क्वारेन्टाइनमा गएर अभद्र व्यवहार गर्ने एक जनालाई बैतडी प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका–३स्थित गौरीकन्या मन्तोला क्वारेन्टाइनमा गएर वडा महिला सदस्यमाथि अभद्र व्यवहार गर्ने सोही ठाउँका ३६ बर्षीय नरेन्द्र बोहरा पक्राउ परेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो ।

उहाँले आइतबार क्वारेन्टाइनमै गएर वडा महिला सदस्य काली बोहरामाथी गालीगलौज गर्दै अभद्र व्यवहार गरेका नरेन्द्रलाई पक्राउ गरिएको बताउनुभयो ।

पक्राउ परेका बोहरामाथि अभद्र व्यवहार कसुरमा अदालतबाट म्याद थपेर अनुसन्धानको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बोहरालाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button