मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु
बर्दिया । बर्दियाको मधुवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि मोटरसाइकलमा सवार राजापुर नगरपालिका ४ राजापुरका ४९ वर्षीय प्रदीप जिसीको मृत्यु भएको हो । मोटरसाइकल चालक राजापुर नगरपालिका ४ शान्तिपुरका ३० वर्षीय तिलक पुरी सामान्य घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात् उपचारका लागि बर्दिया अस्पतालमा पुर्याएपछि चिकित्सकले जिसीलाई मृत घोषणा गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्