तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा उत्पादन भएका केरा बिक्री नहुँदा दाङका किसान मर्कामा

दाङ I नेपालीका ठुलाे चाड दसैँमा  पनि केरा बिक्री नभएपछि दाङका किसानहरूलाई मर्कामा परेका छन् ।

सस्तो दरमा भारतबाट नेपाली बजारमा केरा भित्र्याएर पछि त्यसको प्रभाव  दाङमा व्यावसायिक उत्पादन शुरु गरेका किसानहरुले भोग्नु परेको हाे ।

राप्ति गाउँपालिका वडा नं ७ मा व्यावसायिक रुपमा ५४ बिगाहामा केरा खेती शुरु गर्नु भएका रण प्रसाद सुवेदीले बजार नपाउँदा यसपालि घाटा भएको बताउनुभयो | सुवेदीले भन्नुभयो केरा बोटमा  पाकेका छन् तर बजारमा भारतीय उत्पादन  केराहरू सस्तो हुँदा केरा बोटमै पाकेर  खेरा गएका छन् ।

यसपालि केरा खेतीले घाटा लगायो केराले बजार पाएन उत्पादन खर्च पनि नउठ्ने सुवेदीले बताउनुभयो । बजारीकरणलाई प्राथमिकतामा राखेपछि स्थानीय किसानले उत्पादन गरेको केराले बजार नपाएको हो ।

जसका कारण बोटमै केरा पाकेर खेर जाने अवस्था आएको छ । २५ रुपैयाँ दर्जनमा मालभोग केरा बिक्री गर्दा पनि व्यवसायीले नलगेको किसान रणप्रसाद सुवेदीले बताउनु भयो  । ‘यसपालि त नराम्ररी घाटा लाग्ने भयो । केरा बिक्री भएन । बोटमै पाक्यो । होलसेल व्यापारीले हाम्रो केरा किनेनन्’ उहाँले भन्नु  ‘भारतबाट केरा भित्रियो । त्यसैलाई व्यापारीले ध्यान दिए ।’

सुवेदीले ५४ बिघाभन्दा बढी जग्गामा मालभोग केरा लगाएका छन् । तर, यसपालिको दसैँमा केरा बिक्री नभएको उहाँले सुनाउनुभयो  । हरिसाल र मालभोग दुवै जातका केरा उत्पादन गरेका किसानले बजार र मूल्य नपाउँदा समस्या परेको बताएका छन् ।

पछिल्लो समय व्यावसायिक रूपमा केरा खेती गर्ने किसान बढेको भए पनि बजार र मूल्यले सताएको अर्का किसान तीर्थराज ज्ञवालीले बताउनुभयो  । केरा खेतीमा जुन उत्साहका साथ हामी लाग्यौँ, आज बजार पाउने बेला धोका पाउने अवस्था भयो’ उनले भने, ‘केरा बोटमै पाकेर खेर जाने स्थिति आयो ।’

जिल्लामा झन्डै एक हजार विगाह क्षेत्रफलमा किसानहरूले चाडपर्व र सिजनलाई लक्षित गरेर केरा खेती गरिरहेका छन् । तर, बाहिरी देशबाट आउने केराका कारण स्थानीय उत्पादनले राम्रोसँग बजार पाउन सकेको छैन । यसपाली पनि किसानले बजारकै समस्या भोग्नुपरेको हो । उत्पादन बढ्दै गए पनि उचित मूल्य नपाउने र बजार समेत ढुक्कको नभएकाले समस्या परेको किसानहरूको भनाइ छ ।

दाङमा केरा खेतीका लागि उपयुक्त जमिन, हावा, पानी र वातावरण छ । त्यसैले धान खेती गर्दै आएका किसानले धानको सट्टा केरा खेती गर्न थालेका हुन् । तर, भारतबाट आउने केरासँग स्थानीय किसानले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । नेपाली बजारमा भारतबाट आयात हुने केराबाट बजार ढाकिएको छ ।

भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्दा नेपाली किसान मर्कामा परेका छन् । व्यावसायिक रूपमा उत्पादन भए पनि बजार र मूल्य दुवै उचित नहुँदा किसानले हरेक वर्ष समस्या भोग्नुपरेको देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button