तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा रेविज विरुद्धको खोप निःशुल्क

डडेल्धुरा । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेलधुराले कुकुरलाई रेबिजविरुद्धको  खोप निःशुल्क लगाइरहेको छ । १८औँ विश्व रेविज दिवस २०८२ को ‘रेविज सप्ताह’ अवसरमा रेबिजविरुद्धको निःशुल्क खोप लगाइरहेको हो । 

देशभर झैँ डडेल्धुरामा पनि असोज ६ गतेदेखि १२ गतेसम्म रेविज सप्ताह सञ्चालनमा रहेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको आयोजना र ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर कार्यालय डडेल्धुराको सह–आयोजनामा रेविज विरुद्धको खोप कार्यक्रम शुभारम्भ गरिएको हो । 

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका प्रमुख देवराज भट्टले रेबिजविरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।  उनले घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप लगाउन सबैलाई आग्रह समेत गर्नुभयो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले मात्रै गरेर नपुग्ने भन्दै उनले सातवटै स्थानीय तहले रेबिजविरुद्धको खोप कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक कोरिडोर कार्यालय डडेल्धुराका डाक्टर सुशन ढकालले नेपालमा मानिस र घरपालुवा जनावरमा रेविज रोग बढ्दै गइरहेको जानकारी दिनुभयो । 

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सुरक्षित तरिकाले कुकुर पाल्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । उनले एक जनाले मात्रै लागेर नहुने भन्दै सबैले लाग्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button