तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

पाटन (ललितपुर) I नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि आइतबार बस्ने भएको छ । 

कार्यसम्पादन समितिको बैठक यही २२ गते बिहान ९ः०० बजे सभापति निवास, बुढानीलकण्ठमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउनुभयो ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उहाँले जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button