तपाईँ सुन्दै हुनुहुन्छः

एमाले महाधिवेशन: प्रतिवेदन प्रस्तुतीकरण सुरु

गोदावरी (ललितपुर)। नेपाल कम्युनिस्ट पार्टी एमालेको दोस्रो विधान महाधिवेशनमा प्रतिवेदन प्रस्तुतीकरण सुरु भएको छ । 

महाधिवेशनको उद्घाटन सत्र लगत्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको हो । राजनीतिक प्रतिवेदनपछि पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नु हुने कार्यक्रम छ । 

त्यसै गरी, केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नु हुने महासचिव पोखरेलले जानकारी दिनुभयो । 

त्यसपछि स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मतको दस्ताबेज प्रस्तुत गर्नुहुने भएको छ । विभिन्न १० समूह विभाजन गरी प्रस्तुत प्रतिवेदनहरूमाथि छलफल गरिने छ ।  

गोदावरीमा जारी तीन दिने विधान महाधिवेशनमा दुई हजार २६ प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button