लकडाउन बैशाख २५ गतेसम्मका लागि थपियो
सरकारले मुलुकमा कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न लगाइएको लकडाउनको अवधि यही वैशाख २५ गतेसम्म बढाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषदको आज बसेको बैठकले लकडाउनको अवधि बढाउने निर्णय गरेको जानकारी दिनुभयो ।
यसैगरी बैठकले अन्तरराष्ट्रिय सीमानाकामा हुने आवागमनलाई यही बैशाख ३१ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको मन्त्री डा. खतिवडाले बताउनुभयो ।
मन्त्री डा. खतिवडाले इ पी एस अन्तरगत कोरियामा काम गर्न जाने श्रमिकलाई २ देशको आपसी सहमतिमा कोरिया लान अनुमति दिने निर्णय गरेको जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्