तपाईँ सुन्दै हुनुहुन्छः

लागूऔषध कारोबारी पक्राउ

अछाम  । अछामको बयालपाटामा लागू औषधसहित २ जना पक्राउ परेका छन् ।

आइतबार मध्याह्न साढे १२ बजेतिर अछामको बयालपाटामा चेकिङ्को लागि खटिएको प्रहरीले साँफेबगरबाट जयगढ जाँदै गरेको मोटरसाइकलमा बान्नीगढी जयगढ गाउँपालिका ५ बस्ने १९ वर्षीय राकेश साउद पक्राउ परेका छन्। उनले चलाएको से ७ प ८२८० नं. को मोटरसाइकल लाई रोकी चेकिङ गर्दा उनले लगाएको कालो पाइन्टको अगाडिको खल्तीमा कालो प्लाष्टिकमा लुकाइछिपाई राखेको अवस्थामा Pregabalin ६० ट्याब्लेट तथा Tramadol ट्याब्लेट फेला परेकोले अछाम प्रहरीले जनाएको छ।

यस्तै उनलाई नियन्त्रण लिई सोधखोज गर्दा साँफेबगर नगरपालिका एयरपोर्ट बजारस्थित न्यू बुढा होटलमा लागूऔषधको कारोबार हुने गरेको खुलेको र प्रहरीले तत्काल कृष्ण बुढाको न्यू बुढा होटलमा छापा मारेको थियो ।

बुढा होटलमा छापा मार्दा होटलको माथिल्लो तलामा OLD DARBAR लेखेको काठको बाकसमा Tramadol-36 ट्याबलेट, Nemadol-20, Pregabalin-35, Lospas-69, Duloxit-20, Azithromycin-20, Cetixime-5 र Diclofenacsodium-5 ट्याबलेट सहित होटल सञ्चालक कृष्ण बुढालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख ओमप्रकाश खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button